काठमाडाैं – प्रभु बैंक लिमिटेडको कमलादी शाखाद्वारा ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’अन्तर्गत प्रभात फेरी कार्यक्रमको मिति २०८२ चैत्र ०६ गते आयोजना गरी मनाइएको छ। उक्त कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उक्त र्याली बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोक…