इरानका बैंकहरूमा समस्या, तनावमा इरानी निक्षेपकर्ताहरू

काठमाडौं - फारसी नयाँ वर्ष सुरु हुन केही दिन मात्र बाँकी रहँदा देशका दुई ठूला बैंकहरू बैंक मेल्ली इरान र बैंक सेपाहको बैंकिङ्ग सेवाहरूमा व्यापक अवरोध देखापरेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। इरान वायरका अनुसार यसले इरानी ग्राहकहरूमाझ असन्तुष्टि सिर्जना गरेको छ। लगभग एक हप्तादेखि समस्याको सामना गरिरहेका छन्। यसले मोबाइल प्रणाली, नेटवर्कहरू र व्यक्तिगत…