सिटिजन्स बैंकका ग्राहकले होटल हिमालयन भिल्लामा विशेष छुट पाउने

बैंकिङ्ग समाचार, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नगरकोटस्थित होटल हिमालयन भिल्ला प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल हिमालयन भिल्लाका विभिन्न सेवा सुविधाहरुमा ५० प्रतिशत सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।…