सनराइज बैंकको लम्की शाखाद्वारा २ सय ७ विपन्न, गरीब तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री सहयोग


बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको लम्कीमा रहेकोे आफ्नो शाखामार्फत २ सय ७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । बैंकले असार २९ गते एक कार्यक्रमका बिच लम्की चुहा नगरपालिका ५ चौरीमा रहेको जनजागृति माध्यामिक विद्यालयमा अध्यनरत विपन्न, गरीब तथा जेहेन्दार २ सय ७ विद्यार्थी बालबालिकालाई उनीहरुको पठनपाठनमा सहयोग पुगोस् भनेर शैक्षिक झोला (School bag) सहयोग गरेको बैंकको लम्की शाखाका प्रमुख मातृका खड्काले जानकारी दिए ।

\"\"

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेश बडुवालको अध्यक्षता तथा लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीको उपस्थितीमा सहयोग सामग्री वितरण गरिएको थियो । उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष माया विष्ट समेतको सहभागिता रहेको थियो । लम्कीमा बैंकको शाखा स्थापना भए संगै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत समुदायमा बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वलाई निकै प्राथमिकता दिदैं सनराइज बैंकले देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, बैंकिङ्ग साक्षरता, वातावरण संरक्षण लगायतका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रमहरु समेत गर्दै आइरहेको बैंकले जनाएको छ ।