बैंकिङ्ग समाचार, काठमाडौं ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बिरुद्ध अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा आज उजुरी परेको हो ।
नेकपा माओवादीको भ्रातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) ले अधिकारी बिरुद्ध उजुरी दिएका हुुन ।
नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ को (क) अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालन पदमा नियुक्त हुन योग्न हुने छैन, भन्ने व्यवस्था रहेको छ ।
गभर्नर अधिकारीको नाम एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारीको नाम रहेका र उक्त नाम महाप्रसाद अधिकारीको नै भएको एकिकृत माओवादी केन्द्रले अधिकारीलाई कारबाही गर्नुपर्ने माग संसदमा बोलेका छन् ।
साथै, उनको नियुक्त नै गैर–कानुनी तबरले भएको र शैक्षिक योग्यता नै नपुगेका आरोप गभर्नर अधिकारीलाई लागेको हो ।



About Us
प्रतिक्रिया