बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंकले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई रु. ५ लाख ६ हजार २ सय ५० रूपैयाँ आर्थिक सहयोग गरेकाे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई सो रकम सहयाेग गरेकाे हाे ।
सो रकम बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
बैंकबाट प्राप्त उक्त रकम नेपाल आँखा अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रम अन्तर्गत पहिचान गरिएका ६७५ जना विद्यार्थीहरुलाई निःशुल्क चस्मा प्रदान गर्न उपयोग गर्ने जनाएकाे छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
प्रतिक्रिया