शिव श्री हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त 


काठमाडौं – शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा  जनक श्रेष्ठ नियुक्त भएका छन्।  

कम्पनीको जेठ १६ गते सम्पन्न बैठकको निर्णयले उक्त रिक्त रहेको पदमा श्रेष्ठ नियुक्त भएका हुन्।