प्रधानमन्त्री ओलीद्वारा रसियन कम्युनिष्ट पार्टीका महासचिव जुगानोभलाई नेपाल भ्रमणको निम्तो


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रसियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई नेपालको मैत्रीपूर्ण भ्रमणको निमन्त्रणा पठाएका छन् ।

प्रधानमन्त्रीको निमन्त्रणा पत्र रसियाको भ्रमणमा रहेका नेकपा (एमाले) स्थायी कमिटी सदस्य राजन भट्टराईले भेटका क्रममा महासचिव जुगानोभलाई हस्तान्तरण गरेका हुन् । महासचिवले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बचन दिएको भट्टराईले जानकारी दिए ।

जुगानोभसंगको भेटमा स्थायी कमिटी सदस्य भट्टराई सहित प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अली, नेपालका लागि रसियन फेडरेशनका राजदूत जंगव बहादुर चौहान तथा प्रवासी नेपाली मञ्च रसियाका अध्यक्ष दीनानाथ राजभण्डारी पनि उपस्थित थिए।