विद्युतीय सवारीमा सरकारको ध्यान 


काठमाडौं – सरकारले विद्युतीय सवारीलाई गुणस्तरीय दिगो बनाउन प्रोत्साहन गर्ने भएको छ ।  अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्रलाई चार्जिङ्ग स्टेसन निर्माण गर्न आकर्षित गरिने बताएका छन् । उनले ठुला सहरमा विद्युतीय सवारी सञ्चालन गर्न निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने बताए ।