आगामी वर्षका लागि उर्जा मन्त्रालयलाई ८६ अर्ब रुपैयाँ बजेट, बिजुली उत्पादन ४ हजार मेगावाट पुग्ने


काठमाडौं – सरकारले उर्जा तथा सिंचाई मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ८६ अर्ब १ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् । उनले आगामी वर्ष नेपालमा ६०० मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिने जनाएका छन् । यससँगै, बिजुलीको कूल जडित क्षमता ४ हजार मेगावाट पुग्नेछ ।