बजेटले फेरी लियो वैदेशिक लगानी आकर्षित गर्ने लक्ष्य, लगानी फिर्ता प्रक्रिया सहजीकरण गर्ने


काठमाडौं – वैदेशिक लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्यका रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । वैदेशिक लगानी भित्र्याउने र नाफा फिर्ता लैजाने प्रक्रियालाई सरल बनाइने अर्थमन्त्री पौडेलले बताए ।