बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।
आउनुहोस हेरौं आज कुन-कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।
कुमारी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले सौर्य दैनिकमा १ जना, मध्यान्ह दैनिकमा १ जना, अन्नपुर्ण पोष्टमा ४ जना, नयाँ पत्रिकामा १ जना, नागरिक दैनिकमा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने नयाँ पत्रिकामा ३ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सूचना जारी गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट भिते राखी कर्जा लिएका ऋणीहरु मध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सौर्य दैनिकमा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
यस्तै, माछापुच्छ्रे बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये माछापुच्छ्रे बैंकले आर्थिक दैनिकमा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नागरिक दैनिकमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी २१ दिने सूचना जारी गरेको छ ।
सिभिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिभिल बैंकले अन्नपुर्ण पोष्टमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
सानिमा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सानिमा बैंकले अन्नपुर्ण पोष्टमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी २१ दिने सूचना जारी गरेको छ ।
यस्तै, एनएमबी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनएमबी बैंकले अन्नपुर्ण पोष्टमा ८ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले नयाँ पत्रिकामा १ जना ऋणीको १५ दिने र नागरिक दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिने सूचना जारी गरेको छ ।
सिटीजन्स बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिटीजन्स बैंकले नयाँ पत्रिकामा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सूचना जारी गरेको छ ।
सिद्धार्थ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिद्धार्थ बैंकले नागरिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
यस्तै, ग्लोबल आईएमई बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये ग्लोबल आईएमई बैंकले नागरिक दैनिकमा ४ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
आजको डिजिटल युगमा तपाईहरुसँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।
प्रतिक्रिया