काठमाडौं – सिटिजन्स बैंक घोटाला प्रकरणकी मुख्य योजनाकार रोजी कँडेल फरार रहेको पाइएको छ। बैंकको ४ करोड ९१ लाख बढी रकम हिनामिना गरेपछि उनलाई उच्च अदालत विराटनगरले पक्राउ आदेश दिएको थियो।
उच्च अदालतबाट आदेश पाएसँगै उनलाई पक्राउ गर्न लाग्दा उनी फरार रहेको पाइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कवित कटवालकाअनुसार फरार रोजीको खोजी भइरहेको छ।
‘उहाँ अहिले फरार हुनुहुन्छ। उहाँको खोजी कार्य तीव्र छ’ उनले बैंकिङ्ग समाचारसँग भने। बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गर्नका लागी जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ अनुमति माग गरेकाले उच्च अदालतले पक्राउ आदेश दिएको थियो।
सिटिजन्स बैंक रकम हिनामिना भएको तथ्य बाहिरिएपछि बैंकले रकम अपचलन गरेको पाएपछि अनुसन्धान र थप कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको थियो।



About Us
प्रतिक्रिया