काठमाडौं – अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक सर्वेक्षण २०८१/८२ प्रतिनिधि सभामा पेस गरेका छन् । पौडेलले आर्थिक सर्वेक्षण पेस गर्दै प्रति व्यक्ति कुल राष्ट्रिय आय बढेर १५१७ अमेरिकी डलर पुगेको बताएका हुन् ।
पौडेलले यतिबेला औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको बताएका छन् । चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान छ । प्रदेशगत रूपमा मधेस प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि नै रहेको बताएका छन् ।
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान छ । यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान गरिएको छ ।



About Us
प्रतिक्रिया