सीआईबीको डिएसपी बनेर आठ लाख चालीस हजार रुपैयाँ ठगी गर्ने एक जना पक्राउ


काठमाडौं – केन्द्रिय अनुसन्धान ब्युरोले (सीआईबी) को डिएसपी हुँ भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर  सुर्यविनायक नगरपालिका वडा नं. ०२ बालकोट घर भई भक्तपुरको नै मध्यपुर ठिमी नगरपालिका वडा नं. ५ कमेरोटार बस्ने वर्ष ४१ का अनिल थापा रहेका छन् । 

उनले जबरजस्ती करणीको मुद्रा मिलाई दिन्छु भन्दै आठ लाख चालीस हजार रकम ठगी गरेको भन्ने गोप्य सूचनाको आधारमा ब्युरोबाट खटिएको विशेष टोलीले खोजतलास गर्नेक्रममा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हाे। उनलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिएको ब्युरोले जनाएको  छ। 

ब्युरोका प्रवक्ता युवराज खड्काका अनुसार ठगी गर्न नहुने सम्बन्धी कसुर लाग्नेछ । उनले मंंगलबार गोप्य सूचना प्राप्त भएपछि ब्युरोले खोजतलास गरी उक्त व्यक्तिलाई पक्राउ गरिएको बताए । उनी योभन्दा अगि पनि ठगी गरेको अपरोपमा पक्राउ परिसकेका प्रवक्ता खड्काले जानकारी दिए ।