काठमाडौं – सिआईडीमा कार्यरत प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक बताउँदै ठगी गर्ने राम कुमार सापकोटा र अव्जन चदारालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले वैदेशिक रोजगारको लागि दुबई जान भनी तीस लाख रुपैयाँ ठगीमा परेका व्यक्तिहरूको पैसा उठाई दिन्छु भनी पीडितसँग पटक-पटक गरी जम्मा चार लाख पचास हजार नगद तथा ग्लोबल आइ.एम.ई.बैंकको दुई लाख पचास हजारको चेक काट्न लगाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया