काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सर्वोच्च शिखर सगरमाथाप्रति विश्वले गौरव गर्ने बताएका छन् । बिहीबार ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सगरमाथाको संरक्षण र प्रवद्र्धनमा सचेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटनलाई नेपालमा आकर्षण गर्न सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए । पर्यटनमन्त्री पाण्डेले भने,‘सगरमाथा हाम्रो पहिचान र गौरव त हो नै यसप्रति विश्वले नै गौरव गरेको छ । पृथ्वीको सबैभन्दा उचो भूगोल भएको सगरमाथामार्फत् हाम्रो पहिचानलाई स्थापित गर्न सगरमाथा संवाद पनि आयोजना गर्यौ र विश्वलाई सगरमाथाको देशप्रति आकर्षित गर्यौ ।’
उनले जलवायु परिवर्तनका कारण हाम्रा हिमालहरु कालापत्थरमा परिणत हुने जोखिम बढेको छ । ‘सगरमाथाको हिउँ पग्लिँदा नेपाललाई मात्र होइन, हिमवत खण्डलाई मात्र होइन सिंगो पृथ्वीलाई नै असर गर्छ । त्यसकारण नेपालको समस्या मात्र होइन भन्ने कुरा बुझाउन हामीले विश्वभरका हिमाल र जलवायु बुझेका मानिसहरुलाई बोलाएर छलफल गरेका छौं ।’
सगरमाथा दिवसकै अवसरमा हनुमानढोका खुला भएको पनि मन्त्री पाण्डेले जानकारी गराएका छन्। सगरमाथा दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाइएको छ । दिवसको अवसरमा बिहीबार बिहान प्रमुख पर्यटकीय क्षेत्र ठमलेमा प्रभातफेरी आयोजना गरियो । कर्मचारी सञ्चयकोष ठमेलबाट सुरुभएको झाँकी, ब्याण्डबाजासहितको र्याली वसन्तपुर पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो।






About Us
प्रतिक्रिया