वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ५६ लाख ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गर्ने तीन जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानका टोपेन्द्र राना मगर, सोलुखुम्बुका  ङिमा शेर्पा र काभ्रेपलान्चोकका शिवराम घिमिरे रहेका छन् ।

मगरले जापान पठाइदिन्छु भन्दै २ जनासँग बयालीस लाख तिस हजार रुपैयाँ ठगेका थिए । शेर्पाले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जनासँग चार लाख बिस हजार रुपैयाँ ठगेका थिए । भने घिमिरेले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जनालाई नौ लाख पचास हजार रुपैयाँ ठगेका थिए । 

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।