काठमाडौं – बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्काशनका लागि यही जेठ २२ गते बुक क्लोज गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५३ लाख ५८ हजार १५० कित्ता शेयर १ः१ को अनुपातमा निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
साथै , कम्पनीको बुक क्लोज मितिले अघिल्लो कारोबारको दिन (जेठ २१) गतेसम्म कम्पनीको शेयर खरिद गर्ने कायम शेयरधनीले मात्रै उक्त शेयरमा आवेदन दिन सक्नेछन् ।





About Us
प्रतिक्रिया