बेस्ट फाइनान्स कम्पनीले बोलायो २८ औं वार्षिक साधारण सभा


काठमाडौं – बेस्ट फाइनान्स कम्पनी लिमिटेडले २८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको ६०८ औं बैठकको निर्णय अनुसार उक्त सभा असार १८ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा हुने निर्णय गरेको हो। 

उक्त सभा प्रयोजनका लागि जेठ २५ गते शेयरधनी  दाखिला खारेज (बुक क्लोज) हुने भएको छ । साथै, कम्पनीले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।