प्रतिनिधिसभाको बैठक स्थगन, आर्थिक सर्वेक्षण संसद्‍मा प्रस्तुत हुन पाएन


काठमाडौं – प्रतिनिधिसभाको अर्को बैठक भोलि बुधबार बिहान ११ बजे बस्ने भएको छ । आजको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेकाले बुधबारका लागि सारिएको सूचनामार्फत सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए । विपक्ष दलका सांसदहरूले भिजिट भिसा प्रकरणका विषयमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन आयोगको माग गर्दै सदन अवरोध गरेका थिए । त्यसपछि दुईपटक सूचना जारी गरी बैठक सारिएको थियो ।

याेसँगै आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम प्रभावित भएकाे छ । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको थियो। हरेक वर्ष बजेट सार्वजनिक हुनुअघि आर्थिक सर्वेक्षण संसद्‍मा प्रस्तुत हुने गर्छ । प्रतिपक्षीको अवरोधका कारण बजेटसमेत प्रभावित हुन सक्ने देखिएको हाे ।