वीरगञ्ज – सिर्सियास्थित वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा ४१ अर्ब १८ करोड ११ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ६८ दशमलव ५८ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु एक अर्ब १४ करोड २८ लाख बढी राजस्व सङ्कलन गरेको जानकारी दिए । ‘गत आवको १० महिनामा ४० अर्ब रुपैयाँ तीन करोड ८३ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो’ , उनले भने, गत आवको तुलनामा चालु आवको सोही अवधिमा समग्रमा दुई दशमलव ८५ प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको छ ।’
कार्यालयले साउनमा तीन अर्ब ७५ करोड रुपैयाँ , भदौमा चार अर्ब ६४ करोड रुपैयाँ , असोजमा चार अर्ब ३६ करोड रुपैयाँ , कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ , मङ्सिरमा तीन अर्ब २२ करोड रुपैयाँ , पुसमा तीन अर्ब ५६ करोड रुपैयाँ , माघमा चार अर्ब २९ करोड रुपैयाँ , फागुनमा चार अर्ब ६८ करोड रुपैयाँ , चैतमा चार अर्ब ५० करोड रुपैयाँ र वैशाखमा चार अर्ब ३४ करोड ५२ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।






About Us
प्रतिक्रिया