डुम्रे – पूर्व अर्थमन्त्री एवम् नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बेथितिको अन्त्यका लागि अनावश्यक बजेट बाड्ने पद्धती हटाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँद्वारा आज वीपी स्मृति भवन दमौलीमा आयोजित समसामयिक विषयमा अन्तर संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले गर्न सकिएमा बेथिति अन्त्य गर्न सकिन्छ भने ।
प्रवक्ता डा.महतले भने ‘अब हरेक तहका नेतृत्वले जिम्मेवारी पुरा गर्नुपर्छ । सुधारिनुपर्छ भनेर आत्मसात गरी कर्तव्यबोध हुनुपर्छ । माथिल्लो तहदेखि तल्लो तहसम्मका नेतृत्व सुधारिन आवश्यक रहेको छ ।’
केन्द्र सरकारले तीन करोड रुपैयाँभन्दा कम बजेटको योजना स्वीकृत नगर्ने र प्रदेश सरकारले एक करोड रुपैयाँभन्दा कम योजनाको काम नगर्ने प्रावधान बनाउन सकेमा मात्रै सुधारिन सहज हुने उनको विश्वास छ । उनले भने,‘नेतृत्वप्रतिको अविश्वास र आक्रोस न्यूनीकरण गर्नुपर्छ र नेतृत्व पनि कर्तव्यबोध हुनसक्नुपर्छ ।’
लोकप्रियताका लागि सामाजिक सञ्जाल हरेक पटक भ्रामक सूचना प्रवाहले छाएको निरासालाई हटाउन तीनै तहका नेतृत्व लाग्नुपर्नेमा उनको जोड थियो । उनले भने,‘सबै पार्टीका नेतृत्व लोकप्रियताको पछि लाग्नु हुँदैन । भविष्यलाई मजबुत बनाउने गरी नेतृत्वले कर्तव्यबोध भएर काम गर्न सचेत हुनुपर्छ ।’






About Us
प्रतिक्रिया