बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।
आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।
एनआईसी एशिया बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनआईसी एशिया बैंकले नयाँ पत्रिकामा ६ जना तथा नागरिक दैनिकमा ३ जना ऋणीहरुकोे कर्जा चुक्ता गर्ने सम्बन्धी ३५ दिने सुचना जारी गरेको छ ।
यस्तै, कुमारी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले नयाँ पत्रिकामा २ जना, नागरिक दैनिकमा १ जना, अन्नपुर्ण पोष्टमा १० जना र सौर्य दैनिकमा १ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नया पत्रिकामा ६ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।
सिटिजन्स बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिटिजन्स बैंकले अन्नपुर्ण पोष्टमा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने १ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।
यस्तै, सानिमा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सानिमा बैंकले राजधानी दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।
आजको डिजिटल युगमा तपाईहरुसँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।
प्रतिक्रिया