काठमाडौं – सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवटा निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्ने कम्पनीहरूमा यज्ञश्वरी निर्माण सेवा (बाँके) एसियन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि (काठमाडौं) र न्यू तुलसी निर्माण सेवा (सल्यान) रहेका छन् ।
कार्यालयले विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका तीन निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेकाे हाे ।
कालोसूचीमा परेकाहरूले आजैदेखि लागू हुने गरी कम्तीमा एक वर्षदेखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन् ।




About Us
प्रतिक्रिया