काठमाडौं बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँका विकाश गुरुङ, सिन्धुलीका रन्जना अधिकारी, ताप्लेजुङ यादव प्रसाद घिमिरे र कञ्चनपुरका लोकजन खड्का रहेका छन् ।
गुरुङ अजरबैजान पठाई दिन्छु भनेर २ जना सँग पाँच लाख, अधिकारीले जापान पठाइदिन्छु भन्दै एक जनासँग तीन लाख, घिमिरेले जापान पठाइदिन्छु भन्दै पचास हजार र खड्काले थाईल्याण्ड पठाइदिन्छु भन्दै चार लाख चालिस हजार रुपैयाँ ठगी गरेका थिए ।
उनीहरूलाई काठमाडौंका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया