१० महिनामा नेपालले किन्यो १४ खर्बको वस्तु, १२ खर्ब व्यापार घाटा


काठमाडौं – नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना अर्थात वैशाकसम्म १४ खर्ब बढीको वस्तु आयात गरेको छ । भन्सार विभागको तथ्यांङ्कअनुसार नेपालले १४ खर्ब ७४ अर्ब १८ करोड बराबरको वस्तु आयात गरेको हो ।

गत आर्थिक वर्षको यस अवधिमा नेपालले १३ खर्ब ३ अर्ब ३५ करोड बराबरको आयात गरेको थियो । त्यस्तै, चालु आर्थिक वर्षको १० महिनामा मुलुकको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यस अवधिमा भने व्यापार घाटा ११ खर्ब ७७ करोड १८ लाख रुपैयाँ रहेको थियो । विभागका अनुसार वैशाखसम्म २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।