काठमाडौं – आनिन लिम्बु र प्रशान्त कार्की ‘किड्स क्यापलट’ बनेका छन् । २०८१ सालको चैत २३ गतेदेखि सुरु भएको ‘किड्स क्यापिटल’को ग्राण्ड फिनाले यही शनिबार भएको थियो । शनिबार सम्पन्न ‘फिनाले’बाट आनिन लिम्बुले किड्स क्यापिटल जितेकी हुन् ।
यस्तै, लक्क्षना थापा र प्रशान्त कार्की यस प्रतियोगिताको सिनियरतर्फका विजेता बनेका छन् भने जुनियरतर्फका विजेताकारुपमा शान्वि श्रेष्ठ बनेकी छिन् । यसाबहेक, फस्ट रनरअपमा रिशिका लामिछाने र प्रिन्सेस श्रेष्ठ दोस्रो रनरअप बनेको आयोजकले जनाएको छ ।
यस्तै, तेस्रो रनरअपमा कौसतुव कोइराला र चौथो रनरअपमा प्रज्वल छेत्री रहेको बताइएको छ । यसबाहेक, लक्षना थापा मस्ट पपुलर कन्टेस्टेन्ट बनेकी छिन् । आईएमई पेले प्रायेजन गरेको यो प्रतियोगिताको पब्लिक चोइसमा लक्षना थापा र प्रशान्त कार्की, लिटल स्टारमा विभुती पौडेल र आभान बराकोटी र लिटल प्रिन्सेस रिवान श्रेष्ठ बनेका छन् ।
प्रतियोगिताको फिनोले जेठ ३ गते सम्पन्न भएको थियो ।






About Us
प्रतिक्रिया