कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ


कपिलवस्तु – कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीलाई पक्राउ परेका छन्। विद्युतीय अपराधको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट जेठ १ गते पक्राउ पूर्जी जारी भएका चौधरी मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको हो।

बलात्कृत युवती तथा परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। फरार सूचीमा रहेका अध्यक्ष चौधरी मंगलबार आफै उपस्थित भएका थिए।

चौधरीलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ। आजै म्याद थपका लागि अदालत उपस्थित गराइनेछ।चौधरी लोकतान्त्रिक समाजवादी पार्टीबाट अध्यक्षमा निर्वाचित भएका थिए।