नेपाल इन्भेष्टमेन्ट मेगा बैकको संस्थापक शेयर बिक्रीमा 


काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विद्यमान संस्थापक शेयरधनीका लागि शेयर बिक्री खुल्ला गरेको छ । बैंकले ९ जना संस्थापक शेयरधनीको नाममा रहेको २ लाख २३ हजार २ सय ९९ कित्ता शेयर बिक्रीमा राखेको हो । 

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरू यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। 

आवेदन दिनका लागि यस बैकको शेयर शाखा लाजिम्पाट काठमाडौंमा आफूले खरिद गर्ने शेयर सङ्ख्या खुलाई आवेदन दिन सक्नेछन् ।