काठमाडौं– रसुवाबाट काठमाडौं ल्याउँदै गरेको ७ केजी ६५३ ग्राम सुन प्रहरीले बरामद गरेको छ । काठमाडौंतर्फ आउँदै गरेको बा४६६२०१ गाडी नम्बर भएको गाडीको स्याउको डिब्बामा चालक सिटको ढोकामा फल्स बटम बनाएर ल्याउँदै गरेको अवस्थामा रसुवा जिल्ला प्रहरीले साे सुन बरामद गरेकाे हाे ।
गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर २ बाट सो सुन बरामद गरिएकाे रसुवा जिल्ला प्रहरी प्रवक्ताले बैंकिङ्ग समाचारलाई बताए। उक्त गाडीको चालक गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ घर भएका २५ वर्षीय किशोर कुमार भुजेललाई पक्राउ गरी थप अनुसन्धान गरिँदै गरिएको उनले बताए ।





About Us
प्रतिक्रिया