काठमाडौं– प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले काभ्रेमा विद्युतको पोलमा चढेर काम गर्दा करेन्ट छोड्दा ज्यान गुमाएका उमेश नेपालीको मृत्यु नभई हत्या भएको आरोप लगाएका छन् । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै शाहीले काममा खटिएको युवकलाई करेन्ट छोडेर हत्या गरेका कारण उक्त घटनाको छानबिन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
‘जनताले कर तिरेर आज राज्य पालिएको छ । राज्यको काम जनताको सुरक्षा गर्ने हो। हिजो काभ्रेमा जसरी २८ वर्षीय उमेश परियारको मृत्यु भयो, यो मृत्यु होइन यो हत्या हो।र यो हत्या आज एक जना युवकको गरेको होइन। राज्यले यस्ता दुर्घटना यति धेरै गरेको छ, ठेकेदारले सडक बनाउने नाममा खाल्डाखुल्डी छोड, खाल्डाखुल्डीमा दुर्घटना गराएर नागरिकको ज्यान लग । इन्जिन नै खराब भएका प्लेन ल्याऊ, त्यहाँ मान्छे मार । हुँदाहुँदै अब त बिजुलीका लाइनमा चढेका मान्छेलाई बिजुली छोडेर मार्ने, राज्य चाहिँ निरीह बन्ने ?’,





About Us
प्रतिक्रिया