हुण्डी कारोबारमा संलग्न  तीन जना २५ लाख नगदसहित पक्राउ 


काठमाडौं – रुपन्देहीमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएका प्रहरी टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रुप्नदेहीका दिनेश बानिया, मसिउदिन फिकर, कुष्ण अग्रहरी रहेका छन् । 

प्रहरीले बानियाको साथबाट १३ लाख नगद, फकिरको साथबाट ३ लाख ८६हजार नगदसहित एक थान मोबाइल र अग्रहरीको साथबाट ८ लाख ३९ हजार स्रोत नखुलेको नगदसहित एक थान मोबाइल बरामद गरिएको  रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज कार्कीले बताएका छन् । 

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको र अदालतबाट हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप ७ दिन म्याद थप अनुसन्धान गर्न सुरु गरिएको उनले बताए ।