काठमाडौं – कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि आईटी तालिम संस्था ब्रोडवे इन्फोसिसले सबै आईटी कोर्समा १८ प्रतिशत छुट दिने भएको छ । आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ ।
नतिजा आउन करिब ३ महिना लाग्ने हुँदा परीक्षा दिएर बसेका विद्यार्थीका लागि यो खाली समयमा नयाँ सीप सिक्ने र उच्च शिक्षाका लागि के पढ्ने भनेर एक्सप्लोर गर्ने समयकाे मध्यनजर गर्दै ब्रोडवेले याे याेजना ल्याएकाे हाे ।
ब्रोडवेका प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारीले नयाँ सीप सिक्न चाहने र आईटीमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै छुट अफर ल्याएको जानकारी दिए । ब्रोडवे इन्फोसिसले प्रोग्रामिङ, साइबर सुरक्षा, एआई, डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, पाइथन, इथिकल ह्याकिङ लगायतका आईटी ट्रेनिङहरू दिदै आएको छ ।






About Us
प्रतिक्रिया