काठमाडौं- क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणा सभामा शेयरधनीहरुलाई बोलाएको छ । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको ३३ औं बैठकको निर्णयअनुसार उक्त सभा जेठ २३ गते बिरेन्द्रनगर– सुर्खेत कम्पनीको रजिष्टार कार्यालयमा बिहान ११ बजे बस्ने हुने भएको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नेछ। लेखापरीक्षकको प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ। यस्तै, चालु आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।
कम्पनीले साधारणसभा प्रयोजनका लागि जेठ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार जेठ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले साधारणसभामा भाग लिन पाउँनेछन् ।






About Us
प्रतिक्रिया