बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।
आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।
एनआईसी एशिया बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनआईसी एशिया बैंकले नयाँ पत्रिकामा ११ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा ३ जना, नागरिक दैनिकमा ६ जना ऋणीहरुकोे धितो लिलाम सम्बन्धी १५ दिने सुचना र अन्नपुर्ण ३ जना ऋणीहरुकोे धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।
यस्तै, कुमारी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले नागरिक दैनिकमा १ जना, नयाँ पत्रिकामा १ जना, अन्नपुर्ण पोष्टमा १ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।
प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले अन्नपुर्ण पोष्टमा १ जना, नयाँ पत्रिकामा ४ जना, नागरिक दैनिकमा १ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।
सिभिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिभिल बैंकले अन्नपुर्ण पोष्टमा २ जना ऋणीहरुको धितो लिलाम सम्बम्धी २१ दिने सुचना जारी गरेको छ ।
सानिमा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सानिमा बैंकले अन्नपुण पोष्टमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने राजधानी दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बम्धी १५ दिने सुचना जारी गरेको छ ।
एनएमबी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनएमबी बैंकले अन्नपुर्ण पोष्टमा ४ जना, आर्थिक दैनिकमा ३ जना, राजधानी दैनिकमा ३ जना, नागरिक दैनिकमा ५ जना ऋणीहरुको धितो लिलाम सम्बम्धी ७ दिने सुचना जारी गरेको छ ।
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मध्यान्ह दैनिकामा १ जना ऋणीको धितो लिलाम सम्बम्धी ७ दिने सुचना जारी गरेको छ ।
नबिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नबिल बैंकले नयाँ पत्रिकामा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने १ जना ऋणीको धितो लिलाम सम्बम्धी ७ दिने सुचना जारी गरेको छ ।
ग्लोबल आईएमई बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये ग्लोबल आईएमई बैंकले नयाँ पत्रिकामा ६ जना, नागरिक दैनिकमा ३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नागरिक दैनिकमा ५ जना ऋणीहरुको धितो लिलाम सम्बम्धी १५ दिने सुचना जारी गरेको छ ।
सिटिजन्स बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिटिजन्स बैंकले नागरिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।
सिद्धार्थ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिद्धार्थ बैंकले नागरिक दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।
आजको डिजिटल युगमा तपाईहरुसँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।
प्रतिक्रिया