काडमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिकामा स्थित किर्ते गरेर नक्कली कागजात बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । प्रहरीले किर्ते कागजात बनाउने तीन जना पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा गोरखा भीमसेन थापा गाउँपालिका–१ का अञ्जनी बयलकोटी, ओखलढुंगा चम्पादेवी गाउँपालिका–७ का निर्मल खड्का, मकवानपुर कैलान गाउँपालिका–२ की अञ्जु खत्री रहेका छन्। प्रहरीका अनुसार उनीहरूले ८ वर्ष देखि उक्त कारखाना बनाएर किर्ते कागजात बनाएको खुलेको हो ।
उक्त कारखानामा नकक्ली विवाहको प्रमाण पत्र, बैंकबाट ऋण लिनका लागि जग्गाको नक्कली पुर्जा बनाउने, जानेहरूका लागि सहकारी संस्थाका स्टेटमेन्ट बनाएर कुरियरमार्फत जापान पठाउने, विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका छाप आवश्यकताअनुसार उपलब्ध गराउने, विदेशमा बस्ने नेपाली नागरिकहरूले विदेशको पीआर तथा ग्रिन कार्डका लागि आवेदन गर्न नेपालको मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल खलंगा र वीर अस्पताललगायतको मेडिकल कार्ड बनाउने गरेको प्रहरीले जनाएको छ ।
काठमाडौंको तारकेश्वर– ७ फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात इडिट तथा डिजाइन गर्नका लागि दुई जना सहयोगीलाई मासिक रु १०,००० देखि रु १५,००० सम्म तलब दिई कार्यालय सञ्चालन गरेको प्रहरीले जनाएको छ । भिजिट भिसा प्रयोजनका लागि ‘क’ बर्गका सबै बैंकको नक्कली बैंक स्टेटमेन बनाइ दिने गरेको प्रहरीले बताएको छ।






About Us
प्रतिक्रिया