बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।
आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।
एनआईसी एशिया बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरुमध्ये एनआईसी एशिया बैंकले नागरिक दैनिकमा २ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।
कुमारी बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरुमध्ये कुमारी बैंकले नागरिक दैनिकमा २ जना, अन्नपुर्ण पोष्टमा १९ जना, ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नयाँ पत्रिकामा ६ जना, सौर्य दैनिकमा २ जना ऋणीहरुको धितो लीलाम सम्बन्धीे १५ दिने सुचना जारी गरेको छ ।
यस्तै, सिटिजन्स बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरुमध्ये सिटिजन्स बैंकले अन्नपुर्ण पोष्टमा १ जना ऋणीको धितो लीलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।
प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये प्राइम कमर्सियल बैंकले अन्नपुर्ण पोष्टमा १ जना ऋणीको धितो लीलाम सम्बन्धीे ७ दिने सुचना जारी गरेको छ ।
मेगा बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरुमध्ये मेगा बैंकले प्रभाव दैनिकमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने र सौर्य दैनिकमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।
एनएमबी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये एनएमबी बैंकले राजधानी दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।
प्रभु बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये प्रभु बैंकले अभियान दैनिकमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।
यस्तै, नबिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये नबिल बैंकले नयाँ पत्रिकामा ४ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।
सिभिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये सिभिल बैंकले अन्नपुर्ण पोष्टमा ४ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना र नयाँ पत्रिकामा १ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।
सिद्धार्थ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये सिद्धार्थ बैंकले अन्नपुर्ण पोष्टमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।
आजको डिजिटल युगमा तपाईहरुसँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।
प्रतिक्रिया