शिक्षक महासंघ र सरकारबीच वार्ता जारी


काठमाडाैं – नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा आज बसेको बैठकले निर्णायक निष्कर्ष निकाल्ने अपेक्षा गरिएकाे छ ।

शिक्षामन्त्री पन्त र शिक्षक महासंघका पदाधिकारीबीच सोमबारदेखि निरन्तर वार्ता भइरहेको छ । वार्तामा महासंघले ९ बुँदे प्रस्ताव पेस गरेको थियो।

विद्यालय शिक्षा ऐन माग राख्दै गत चैत २० गतेदेखि शिक्षकहरू आन्दोलित छन्। शिक्षकहरू २९ दिनदेखि सडक आन्दोलनमा छन्।