कुन–कुन पत्रिकामा आयो कसको लिलामी सूचना ? कतै तपाई त पर्नुभएन ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रिया अघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिन भित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।

आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना ।

एनआईसी एशिया बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरुमध्ये एनआईसी एशिया बैंकले नागरिक दैनिकमा ३ जना  ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नयाँ पत्रिकामा ३ जनाऋणीहरुको धितो लीलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"

कुमारी बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरुमध्ये कुमारी बैंकले अन्नपुर्ण पोष्टमा १ जना, नयाँ पत्रिकामा ३ जना, नागरिक दैनिकमा १जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने अभियान दैनिकमा १ जना,सौर्य दैनिकमा १ जना ऋणीहरुको धितो लीलाम सम्बन्धी १५ दिने सुचना र अन्नपुर्ण पोष्टमा १ जना ऋणीहरुको धितो लीलाम सम्बन्धी ७   दिने जारी गरेको छ । 

\"\"\"\"\"\"\"\"\"\"

यस्तै, सिद्धार्थ बैंकबाट  धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये सिद्धार्थ बैंकले नागरिक दैनिकमा २ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने कान्तिपुर दैनिकमा ३ जना, नागरिक दैनिकमा १ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ । 

\"\"\"\"\"\"

मेगा बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरुमध्ये मेगा बैंकले अभियान दैनिकमा ११ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने प्रभाव दैनिकमा १ जना  जनाऋणीको धितो लिलाम सम्बन्धी  ७ दिने सुचना जारी गरेको छ ।  

\"\"\"\"

एनएमबी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये एनएमबी बैंकले अभियान दैनिकमा ५ ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । 

\"\"

यस्तै, सिटिजन्स बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरुमध्ये सिटिजन्स बैंकले नागरिक दैनिकमा ४ जना, नयाँ पत्रिकामा १जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये प्राइम कमर्सियल बैंकले अन्नपुर्ण पोष्टमा १ जना, नागरिक दैनिकमा ५ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना र नयाँ पत्रिकामा १ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ । 

\"\"\"\"

ग्लोबल आईएमई बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये ग्लोबल आईएमई बैंकले अन्नपुर्ण पोष्टमा १ जना ऋणीको लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"

नबिल बैंकबाट धितोराखी कर्जा लिएका ऋणीहरुमध्ये नबिल बैंकले नयाँ पत्रिकामा १ जना जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । 

\"\"

माछापुच्छ्रे बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरुमध्ये माछापुच्छ्रे बैंकले नागरिक दैनिकमा १ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

आजको डिजिटल युगमा तपाईहरुसँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।