नेप्से आज स्थिर, १ अर्ब ११ करोड माथिको कारोबार हुँदा ०.०१ अंकले घट्यो बजार


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार स्थिर रहेको छ । आज नेप्से ०.०१ अंकले घटेर १ हजार ८ सय ६७ दशमलब २१ विन्दुमा बन्द भएको हो ।    

त्यस्तै, आज नेप्सेमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।       

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिहिबार सिर्जनसिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२०५.८० रुपैयाँ पुगेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाकोे शेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ७१४.६० रुपैयाँ पुगेको हो ।   

आज आधिखोला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ ।  

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यसको आज १४ करोड ९९ लाख भन्दा बढीको कारोबार भएको छ ।