काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।
शिक्षकहरू परीक्षा सञ्चालनका लागि तयार नभए निजामती कर्मचारी खटाएर भएपनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निष्कर्षमा बोर्ड पुगेको हो ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत छन् । सरकार र शिक्षक महासंघका पदाधिकारी–प्रतिनिधबिचि पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन ।






About Us
प्रतिक्रिया