बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रियाअघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिनभित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ ।
आउनुहोस हेरौ आज आइतबार कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्न सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सुचना ।
एनआईसी एशिया बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनआईसी एशिया बैंकले नागरिक दैनिकमा ३ जना ऋणिहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
कुमारी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले नयाँ पत्रिकामा ५ जना, अन्नपूर्ण पोष्टमा ४ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
यस्तै, सिटिजन्स बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिटिजन्स बैंकले १ जना ऋणिको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।
प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले नयाँ पत्रिकामा ६ जना ऋणिहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ । भने अन्नपूर्णमा पोष्टमा १ जना ऋणीको धितो लिलाम सम्बन्धी ७ दिने सुचना जारी गरेको छ ।
बैंक अफ काठमाडौं बाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये बैंक अफ काठमाडौंले नयाँ पत्रिकामा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।
यस्तै, सिभिल बैंकले नागरिक दैनिकमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।






About Us
प्रतिक्रिया