नेप्सेमा आज उच्च अंकको वृद्धि, कारोबार रकम पनि उल्लेख्य बढेर १ अर्ब माथि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
यो हप्ताको तेस्रो दिन आज मंगलबार शेयर बजारमा उछाल देखिएको छ । मंगलबार ५६.११ अंकले वृद्धि भएर नेप्से १ हजार ९ सय ३० दशमलब ९९ अंकमा बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३९ अंकले बढेर १ हजार ८ सय ७४ दशमलब ८७ विन्दुमा बन्द भएको थियो ।  

त्यस्तै, आज कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । आज नेप्सेमा १ अर्ब २९ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार ६९ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबार भएका कम्पनीमध्ये १८१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३ वटा कम्पनीको शेयरमूल्य घटेको छ, २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २८८.२० रुपैयाँ पुगेको छ भने युनिर्भसल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता २१८ रुपैयाँ पुगेको छ । 

नेप्सेका अनुसार एनसीसी डिभेन्चर सिटिन म्युचुअल फण्ड –१ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एशिया बैंकको भएको छ । यसको आज ६ करोड ६५ लाखभन्दा बढीको कारोबार भएको छ ।