नबिल बैंकका संचालक र कर्मचारीद्वारा कोरोनाको उपचारका लागि २६ लाख सहयोग

नबिल बैंकका संचालक र कर्मचारीद्वारा कोरोनाको उपचारका लागि २६ लाख सहयोग


बैकिङ्ग समाचार । 

 नबिल बैंकका संचालक तथा कर्मचारीले कोभिड-१९ को रोकथाम र उपचारको लागि २६ लाख २८ हजार ८६७ रुपैयाँ सहयोग गरेका छन् ।

सरकारको कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिरहेको सहयोगको अतिरिक्त उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक कार्यक्रममा बंैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानु भक्त ढकाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कोराना भाइरस महामारी विरुद्धको लडाइमा व्यक्तिगत तवरले पनि राष्ट्रलाई सहयोग गर्नुपर्छ भन्ने मनशायले बैंंकका संचालक तथा कर्मचारीहरुले कोराना भाइरस नियन्त्रण तथा उपचार राहत कोषमा योगदान गरेको शाहले बताए ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले नबिल बैंकले स्वास्थ्य क्षेत्रमा कुनै पनि महामारी विरुद्ध लड्न निरन्तर सहयोग गर्ने धारण व्यक्त गरे ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत केन्द्रिय तथा प्रादेशिक सरकारहरुलाई महामारी विरुद्धको लडाइमा निरन्तर सहयोग जारी राख्ने जानकारी समेत गराएको छ ।