छिमेक लघुवित्त र ईसेवाबीच डिजिटल भुक्तानीका लागि सम्झौता, लघुवित्तमा पहिलो प्रयोग

छिमेक लघुवित्त र ईसेवाबीच डिजिटल भुक्तानीका लागि सम्झौता, लघुवित्तमा पहिलो प्रयोग


किङ्ग समाचार ।
छिमेक लघुवित्त वित्तिय संस्था र ईसेवा फोनपेबीच डिजिटल भुक्तानी सेवाका लागि सम्झौता भएको छ।

सम्झौतापत्रमा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशी र ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले हस्ताक्षर गरे। यो सम्झौता नेपालको लघुवित्त क्षेत्रमा पहिलो हो।

लघुवित्तका ग्राहकलाई लक्षित गरेर संचालन गर्न लागिएको यो सेवापछि घरबाटै ऋण भुक्तानी गर्न सकिनेछ।