१० अर्ब रुपैया कहाँ खर्च भयो ? एक–एक हिसाब चाहियो ?

१० अर्ब रुपैया कहाँ खर्च भयो ? एक–एक हिसाब चाहियो ?


 बैकिङ्ग समाचार ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि भएको भनिएको १० अर्ब खर्चको एक एक हिसाब सदनलाई जानकारी गराउन माग गरेमन छन्।

सांसद थापाले यो सरकारले जनता र मुलुकलाई कोरोना मुक्त बनाउन नसक्ने दाबी गर्दे दम्भ र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए । उनले भने, “यो सरकारले कोरोनाको लडाईबाट हामीलाई पार लगाउन सक्दैन । अब हामी सहयोग गर्छौं भनेर मात्रै बस्दैनौं । अब हामी प्रश्न गर्छौ । उत्तर चाहन्छौं र सरकारलाई जवाफदेही बनाएर छाड्छौं।' थापाले भने ।

'हामीलाई अब उत्तर चाहिन्छ सम्माननीय सभामुख महोदय । १० अर्ब रुपैया खर्च कहाँ भयो ? हामीलाई एक एक कुराको हिसाबकिताब चाहिन्छ । यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने यो र्निलज्जताको पराकाष्ट भएको बताउँदै उनले थपे “यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेशन क्याम्प हो रु हामीलाई यसको पनि जवाफ चाहिन्छ ।

उनले अदालत, संसद, विज्ञ सबैले पीसीआर परीक्षणको दायरा बढाउन भनेपनि सरकारले वेवास्ता गरेको, क्वारेन्टाइनमा बसेका र मरेका व्यक्तिको कोरोना परीक्षण नगर्ने मापदण्ड बनाएको भन्दै आपत्ति जनाए ।