कपिलवस्तुमा बैंक म्यानेजरमा पनि कोरोना पोजेटिभ

कपिलवस्तुमा बैंक म्यानेजरमा पनि कोरोना पोजेटिभ


बैकिङ्ग समाचार । 
कपिलवस्तुमा एक बैंकका म्यानेजरलाई पनि कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको नमुना परिक्षणमा तौलिहवाको एक बैंकका म्यानेजरलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताका अनुसार राष्ट्रिय वाणिज्य बैंक तौलिहवाका शाखा प्रमुखलाई कोरोना संक्रमण देखिएको हो ।

उनीसंगै ६५ जनाको स्वाब संकलन गरिए मध्ये उनलाई मात्र कोरोना देखिएको जनाइएको छ ।