सेयर बजारका समस्या मौद्रिक नीतिले सम्बोधन गर्छ: गभर्नर अधिकारी

सेयर बजारका समस्या मौद्रिक नीतिले सम्बोधन गर्छ: गभर्नर अधिकारी


बैकिङ्ग  समाचार ।
 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारका कुनै समस्या भए मौद्रिक नीतिमा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाल धितोपत्र बोर्डको २८ औं बार्षिकोत्सव उनले मौद्रिक नीतिमा समावेश हुनुपर्ने कुनै सुझाव भएमा संस्थागत सुझाव दिन पनि आग्रह गरेका छन् ।

बार्षिकोत्वसमा उनले पुँजी बजारको कारण अर्थतन्त्रमा पनि सुधार आउने भन्दै आगामी दिनमा यसलाई प्रविधिसँग जोडेर जान सुझाव दिए ।

नेपालको सेयर बजार अझै परिपक्व हुन धेरै बाँकी रहेको र त्यसको लागि प्रविधिको क्षेत्रमा अझै धेरै काम गर्न आवश्यक रहेको बताए ।

उनले यो बेला नियामक निकायले सुधाविजनक रुपमा काम गर्ने बातावरण दिन आवश्यक रहेको दाबी गरे ।

गभर्नर अधिकारीले यो बेला लगानीकर्ताको आत्मविश्वास जगाउने गरी काम गर्न आवश्यक रहेको बताए । पुँजी बजारलाई सहज बनाउने राष्ट्र बैंक तयार रहेको स्मरण गराए ।