गणपति लघुवित्तको प्रमुख कार्यकारीमा सापकोटाको निरन्तरता, ३६ शाखाबाट सवा अर्ब ऋण प्रवाह

गणपति लघुवित्तको प्रमुख कार्यकारीमा सापकोटाको निरन्तरता, ३६ शाखाबाट सवा अर्ब ऋण प्रवाह


बैकिङ्ग समाचार ।  
गणपति लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटालाई निरन्तरता दिएको छ।

सापकोटाले चार बर्षे कार्यकाल असार ७ गते सकिँदै थियो। संस्थाको जेठ २२ गते बसेको सञ्चालक समिति बैठकले पुन ४ बर्षका लागि सापकोटालाई नै निरन्तरता दिने निर्णय गरेको छ।

सञ्चालक समितिले सापकोटालाई कम्पनी सचिवको पनि जिम्मेवारी दिएको छ। चार बर्षअघि स्थापति गणपतिको सापकोटा संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन्।

संस्थाले  १३२ वटा स्थानीय तहमा सेवा दिँदै आएको छ। ३६ वटा शाखाका साथै १९५३ वटा सेवा केन्द्र छन्। संस्थामा २२ हजार ८३३ सदस्य छन् भने १ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। ३१ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।